नियम १७५
धरौटी स्थानीय निकायमा आम्दानी गर्ने
जुन प्रयोजनको लागि धरौटी राखिएको हो सो काम पूरा भई प्रचलित कानून बमोजिम वा करारको शर्तनामा बमोजिम धरौटी रकम सम्बन्धित स्थानीय निकायको कोषमा दाखिला गर्नु पर्ने भएमा अधिकार प्राप्त अधिकारीले प्रचलित कानून बमोजिम कुनै छुट्टै म्याद तोकिएको भए सो म्यादभित्र र त्यस्तो म्याद नतोकिएको भए पन्ध्र दिनभित्र निर्णय गरी त्यस्तो धरौटी रकम सम्बन्धित स्थानीय निकायको कोषमा दाखिला गर्नु पर्नेछ ।